THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Thursday, March 4, 2010

आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।






“हामी दमकल लिएर जाँदा बारम्वार आक्रमण हुन्छ, किन हो ?” लामिछानेले भने । घटनास्थलमा प्रहरी भएपनि तत्काल आगो निभाउनतिर नै ध्यानकेन्द्रीत भएको र आक्रमणकारीहरुको समूह पनि ठूलो भएकोले उनीहरुमाथि केही गर्न नसकेको उनले बताए ।

“त्यस क्षेत्रमा आगो नियन्त्रण गर्न जाने दमकलकै सुरक्षा नभएपछि कसरी आगो निभाउन जाने ?” लामिछानेको गुनासो थियो ।

त्यहाँ मलखाडीमा थुप्रिएको फोहोर जलाउन लगाइएको आगो खरबारीमा सल्किएपछि तत्कालै नियन्त्रणमा लिइएकोले थप क्षति हुन पाएन ।

No comments:

Followers

About Me