प्रेम, संसारमा सबैभन्दा बढी प्रयोग हुने शब्द सायद ‘प्रेम’ हो। व्यक्तगर्ने शब्द फरक छन्, प्रेम, माया लभ, स्नेह, ममता। अथवा आ-आफ्ना देशको भाष अनुसारका शब्दहरूमा प्रयोग गरिन्छ। जसरी व्यक्त गरे पनि यो शब्द सबै भन्दा बढी प्रयोग हुने शब्द हो। गीतमा पनि प्रेमका कुरा, लेखमा, कविता, गजल कथा उपन्यास, बोलीचाली, व्यवहार हरेक पटक। प्रेम एउटा अदृष्य चिज हो। म सानै छँदा “तँलाई कसले माया गर्नु हुन्छ” भनेर सोध्थे मान्छेहरूले। म ‘आमाले’ भनिदिन्थें। माया कहाँ लाग्छ भन्थे म कहिले आँखामा भन्थें, कहिले मुटुमा भनिदिन्थें। तर हिजो आज बिचार गर्छु माया भन्ने कुनै अंग पनि होइन रहेछ र यो कहाँ लाग्छ भन्ने हुन्न रहेछ अर्थात माया बस्ने कुनै ठाउँ नै रहेन छ। प्रेम त हावा जस्तै हुँदो रहेछ देख्दा पनि नदेखिने केवल अनुभवमात्र गर्न सकिने र जसरी हावा बिना बाँच्न सकिँदैन त्यस्तै प्रेम बिना पनि बाँच्न नसकिने।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
प्रेमका विषयमा धेरै पटक बहस गरे पनि यो कहिल्यै नटुङ्गिने विषय वस्तु हो। संसारमा जति पनि जीवित प्राणीहरू छन् ती सबैले अनुभव गर्छन, परिभाषा गर्छन्, वकालत गर्छन् तर यो प्रेम बिनाको प्राणी आजसम्म जन्मिन सकेको छैन। कसै-कसैले फलानाको त ढुङ्गाकै मन छ भन्छन् तर तिनै ढुङ्गाको मन हुनेहरू प्रेममा पागल भएका छन्। हुन त प्रेम जस्तो विषय वस्तुलाई लिएर मैले प्रेमी र प्रेमिकाकोमात्र कुरा गरिरहँदा आफ्ना नातेदारले आफन्तलाई गर्ने प्रेममाथि अन्याय हुन्छ। तर आज म यो लेखभरि तिनै प्रेमी र प्रेमिकाका भावनात्मक तरङ्गबाट तरङ्गति प्रेमको कुरा गर्छु किनकि मैले पैंचो ल्याको भ्यालेन्टाइन डेलाई फिर्ता गर्नुछ।केही वर्षयतादेखि नेपालमा पनि रोमका भ्यालेन्टाइन भन्ने व्याक्तिको चर्चा हुँदै आउन थालेको छ र यो क्रम दिनानु दिन बढ्दो मात्रामा रहेको छ। यो समयको माग हो। गाउँ-गाउँसम्म यी व्यसक्तको हल्ला नचले पनि सहर-सहरमा निक्कै चर्चा बढेको छ। वास्तवमा रोमका सम्राट क्यउडिससले सैनिकहरू कसैले पनि विवाह गर्न नपाउने कानुन बनाएका थिए। र पछि भ्यालेन्टाइन नामक एक पादरीले उक्त कानुन तोड्दै १४ फेब्रुअरीका दिन ती सबै सैनिकहरूको विवाह गराई दिएको र सम्राट रिसाएर ती भ्यालेन्टाइन नामक पादरीलाई मृत्युदण्ड दिएपश्चात त्याहाँका प्रेमी प्रेमिकाहरूले फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे भनेर मनाउने कुरा उल्लेख छ। त्यस्तै फ्रान्समा पनि एक जना भ्यालिन्टाइन भन्ने व्यक्तिले त्यस देशका एकजना जेलरकी अन्धी छोरीसँग प्रेम गरेको र त्यो कुरा जेलरले थाहा पाएर भ्यालेन्टाइनलाई बन्दी बनाएपछि उनले आफ्नो अन्तिम क्षणमा आफ्नी अन्धी प्रेमिकालाई आफ्ना आँखा दिएर भ्यालेन्टाइनले संसारबाट बिदा लिए। यसरी आफ्नी प्रेमिकाप्रति गरेको त्यागको प्रशंशा गर्दै १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे भनेर मनाउन थालेको कुरा उल्लेख गरको पाइन्छ।
No comments:
Post a Comment