THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Wednesday, January 6, 2010

नेपाली न्यूज़

ग्रामीण पुनःनिर्माण संस्था (आर.आर एन) ले इलामको चुलाचुली, बाँझो र नयाँबजारका तीनवटा गाँउलाई ८ लाख ९६ हजार बरावरको सहयोग गरेको छ । आर आर एनले ती गाउँमा खानेपानी योजना, भवन निर्माण र आधुनिक बाख्रा खोर निर्माणका लागि सो रकम सहयोग गरेको हो । इलामका दुर्गम क्षेत्रका गाउँहरुको आय आर्जन बढाउने उद्देश्यले सो रकम सहयोग गरेपछि ती भेगका ९४ परिवार लाभान्वित भएका छन् । आय आर्जन र भौतिक पुर्वाधार निर्माणका लागि क्रियाशील आर आर एनले चुलाचुली गाविसको वडा नं ५ को कालडाँडा खानेपानी आयोजनाका लागि २ लाख २८ हजार ९६ सहयोग गरेको थियो । स्थानीय बासिन्दाको ६५ लाख ६ सय ५० को लागतमा निर्माण सम्पन्न भएको योजना २९ घर लाभान्वित भएको संस्थाका प्रमुख लिलबहादुर कार्कीले बताए । संस्थाले स्थानीय चेतना महिला समूहको भवन निर्माणका लागि ४२ हजार ९ सय नौ रुपैया सहयोग गरेको पनि कार्कीले बताए । त्यस्तै गरी इलामको बाँझो २ मा रहेको बाख्रा पालन समूहलाई बाख्राको खोर निर्माणका लागि सो संस्थाले २ लाख ९६ हजार सहयोग गरेको छ । जिल्ला पशुसेवा कार्यालयको ३९ हजार र उपभोक्ताको ६० हजार सहभागितामा पाँच वटा समूहमा खोर निर्माण गरिएको छ । सो योजनाबाट १ सय २५ स्थानीय घरधुरी लाभान्वित भएको बताइएको छ ।

No comments:

Followers

About Me