THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Thursday, March 4, 2010

आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।






“हामी दमकल लिएर जाँदा बारम्वार आक्रमण हुन्छ, किन हो ?” लामिछानेले भने । घटनास्थलमा प्रहरी भएपनि तत्काल आगो निभाउनतिर नै ध्यानकेन्द्रीत भएको र आक्रमणकारीहरुको समूह पनि ठूलो भएकोले उनीहरुमाथि केही गर्न नसकेको उनले बताए ।

“त्यस क्षेत्रमा आगो नियन्त्रण गर्न जाने दमकलकै सुरक्षा नभएपछि कसरी आगो निभाउन जाने ?” लामिछानेको गुनासो थियो ।

त्यहाँ मलखाडीमा थुप्रिएको फोहोर जलाउन लगाइएको आगो खरबारीमा सल्किएपछि तत्कालै नियन्त्रणमा लिइएकोले थप क्षति हुन पाएन ।

Tuesday, March 2, 2010

love letter

1.One of the most common and the often-used ideas is to write a love letter telling your beloved what you feel for him/her and hand deliver it. Nothing is more beautiful than true feelings. That is why this idea still retains a place amongst the ten best love letter ideas.



2.Take out an old cassette and pull out the magnetic tape inside it. Now, write your feelings on the entire tape with a golden or silver pen. Let it dry and then roll it inside again. Leave the end of the tape inside and attach a note saying, "Pull Me".


3.Take as may roses as the number of letters in your beloved's name. Now attach a slip to each of the rose. On each slip, write a sentence beginning with the different letters in the name, expressing your feelings. For Example, the name is Mary. Now on one slip, you can write M - My beloved, I Love You. On another you can write, A - All I can do now is to love you more and more. Like this, you can pick four roses and write four sentences, one with each letter of her name.


4.Pick out some romantic songs that both of you like. Now, memorize the lyrics and record the songs in your own voice. In the end, tell him/her how much you love him/her and what the songs mean to you.


5.Another popular idea for a love letter is to write a love journal. Take a diary and on each page, write what you like about your beloved or what you feel for him/her. If you can, decorate the diary with some of his/her photographs alone and some of both of you together.


6.Write a letter on the back of a jigsaw puzzle. Now break up the puzzle, pack it in a box and gift it to him/her. Let him/her fit the pieces together and read what you have written.


7.Take a bed sheet and write your letter on it. It will remind him/her of you at the time of going to sleep as well as the moment he/she gets up in the morning.


8.If you have the keys to his/her house, sneak in and write the love letter with lipstick on his/her mirror.


9.The all time favorite method is to write a love letter, tie it with a red ribbon and keep it inside a wine or champagne bottle.


10.You can make you love letter look like it has been written in the past. After writing on a piece of paper, burn its edges slightly. Then, in place of date write "the time I came into this world". Also, do not forget to write in the end that I have loved you ever since love came into existence
SO WE HOPE YOU'RE READY FOR WRITING LOVE LETTER TO YOUR SOME ONE SPECIAL, IF YES SO WHY LATE, LET'S BEGIN... HERE IS SOME ROUGH IDEA.








nepali love sms

यो माया लाउदा


सपना देखने बानी हुदोरहेछ

कल्पना गर्दागर्दै

कहिले ओठमा हाँसो

कहिले आँखामा आंसू आउदो रहेछ



ऐना हेरेर एक्लै आजकल मुस्कुराउछु

बिछयेउनामा कोल्टे फेर्दै रात बिताउछु

कुनामा रम्दै सम्झनामा हराउछु

तस्बीर मै मान्छे भेट्छु अनि रमाउछु

यो माया लाउदा

Sunday, February 28, 2010

अन्ततः ढल्यो सहिद स्तम्भ!


दोस्रो जनआन्दोलन ०६२। ६३ को उभारले स्व. राजा वीरेन्द्रको सालिक ढालेपछि लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको इलाम चोक बजारको सहिदस्तम्भ एकैछिनको आक्रोशले ध्वस्त बनेको छ।

भर्खरै भएको यो घटनाको कथा यस्तो छ, इलाम बजारको मध्यभागमा रहेको निकुञ्जपथमा फागुन ३ गते राति भीषण आगलागी भयो। १८ वटा घर पूर्ण रूपमा ध्वस्त भए, अन्य केही घरमा समेत आंशिक क्षति पुगेको छ। आगलागी भएपछि स्थानीयबासी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगोलाई चार घन्टापछि नियन्त्रणमा लिए, किनकि इलाम नगरपालिकाको बारुण यन्त्र सो समयमा इलाममा थिएन। मर्मतका लागि झापा लगिएको नगरपालिका बताउँदै आएको छ। बिहान मात्रै झापाको मेची नगर नगरपालिका र इटहरीको बारुण यन्त्र आइपुगे। त्यसपछि, स्थानीयवासीको आक्रोश नगरपालिका कार्यालयतर्फ खनिन थाल्यो। ‘विपतको अवस्थामा पनि बारुण यन्त्र उपलब्ध हुन सक्दैन भने जनताले तिरेको करको के अर्थ भयो?’ अग्निपीडितहरूको आक्रोश हो यो।





बारुण यन्त्र बिग्रिएपछि मर्मतका लागि नगरपालिकाले मङ्सिर २९ गते झापा लगेको थियो। आगलागी घटनामा नभएको बारुण यन्त्र घटनापछि इलाम ल्याइएको छ र छानबिन अघि बढाइएको छ। ९० हजारमा मर्मत गर्न सकिने भएपछि लगिएको बारुण यन्त्र इलाम ल्याउादा सागै एक लाख ७४ हजारबराबरको बिल ल्याइएको बारुण यन्त्रको अवस्था बुझ्न झापा गएका माओवादीका एक सदस्यले बताएका छन्। यता, बजारवासी भने कमिशनमा नमिलेपछि बनिसकेको बारुण यन्त्र पनि ल्याउन ढिलाइ भएको आरोप लगाउादै आएका छन्। तर, नगर अधिकृत युवराज दाहाल भने ०५७ सालमा चिनियाँ सरकारबाट प्राप्त बारुण यन्त्रको कन्डिसन ज्यादै बिग्रिइसकेकाले काम नदिने भएपछि मर्मतका लागि पठाएको बताउाछन्। घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘इलामका लागि अर्को दमकलको विकल्प छैन, यसका लागि स्थानीय दलका नेतालाई भनिसकेको छु।’



यिनै घटनाबाट आक्रोशित पीडित र स्थानीयवासीले नाराबाजीसहित ५ गते नगरपालिका कार्यालय तोडफोड गरेर त्यहाँ रहेको गाडीमा समेत क्षति पुर्या एका छन्। त्यसपछि चोक बजारमा रहेको सहिदस्तम्भ पूर्णरूपमा भत्काइदिए। स्तम्भ भएको ठाउँमा पानीको रिजर्भट्याङ्की हुनुपर्ने माग गर्दै उनीहरूले तोडफोड गरे। समयमै बारुण यन्त्र उपलब्ध नगराएको आक्रोशमा नगरपालिका तोडफोड गरिएको थियो भने सहिदस्तम्भ भत्काउनुको कारण भने अर्कै थियो। जब राजा वीरेन्द्रको सालिक जनआन्दोलनका समयमा तोडियो, त्यसपछि स्थानीय सात राजनीतिक दलले त्यहाा सहिदस्तम्भ निर्माण गर्ने पहल थाले। त्यसमा बजारवासीले विरोध गर्दै अन्डरग्राउण्ड पानीको रिजर्भ ट्याङ्की बनाइनुपर्ने माग गरे। तर, त्यसलाई बेवास्ता गर्दै सात दलको एक समितिले सहिदस्तम्भ निर्माण थाल्यो। ६ लाख २५ हजार ४५ रुपैयाा खर्च गरी बनाइएको स्तम्भ पूर्ण रूपमा सम्पन्न पनि भएको थिएन। यो तोडफोडले राजनीतिक दललाई झापड दिएको छ भने सहिदप्रतिको नै बेवास्ता गरिएको भन्दै निन्दासमेत भइरहेको छ। आगलागीपीडित पनि स्तम्भ तोडफोडले झनै चोट पुर्यातएको बताउादै आएका छन्। पीडित ईश्वर चिपालु भन्छन्, ‘केही साथीलाई यसो गर्नुहुन्न भन्दाभन्दै पनि उल्टै मैमाथि जाइलागे।’



सहिदस्तम्भ भत्काइएपछि राजनीतिक दलहरूले विज्ञप्तिबाजी गरेका छन्। नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण श्रेष्ठ यो घटना लोकतन्त्र नचाहने कुनै तत्वले गरेको भन्दै यसमा राजनीतिक घुसपैठ हुनसक्ने दाबी गर्छन्। एकीकृत माओवादीका नगर समिति सचिव जीवन शर्मा यसले सहिदप्रति आघात पुगेको भन्दै तोडफोडको अगुवाइ गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने बताउाछन्। त्यत्रो तोडफोड गरिँदा पनि प्रहरी–प्रशासन मूकदर्शक बनेको उनको तर्क छ। नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार थापा भने भीडलाई दलहरूले संयम बनाउन नसक्दा क्षति व्यहोर्नुपरेको स्वीकार्छन्। नेपाल पत्रकार महासङ्घका इलाम अध्यक्ष सटेन्द्र जबेगु भने स्थानीय दलका नेताहरू आक्रोशित भीडलाई नियन्त्रण गर्नपट्टि नलागेको बताउँछन्। नगर सञ्चालन गर्ने दलीय संयन्त्रको कमजोरीका कारण ठूलो क्षति भएको उनको भनाइ छ।


चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।






रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।





डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको


चैत्र २७ गते देखि देशभर प्रदर्शन हुने तयारीमा रहेको नायिका रेखा थापाको चलचित्र 'हिफाजत' मा प्रेम र द्वन्दको कथालाई प्रस्तुत गरिएको छ । प्रेम र द्वन्दको राम्रो केमेस्ट्री रहेको यस चलचित्रमा नायिका रेखा थापाका जोखिम दृश्य हेर्न सकिने छ ।




रेखाको साथमा आर्यन सिक्देल र नवनायक आयुष रिजाल चलचित्रका मुख्य पात्र रहेका छन् । यस भन्दा अगाडीको चलचित्र 'हिम्मत' मा बन्जिजम्प गरेर चर्चामा आएकी रेखा यस चलचित्रमा पनि जोखिम दृश्य दिएर चर्चामा आउन चाहन्छिन् । अहिलेका युवा पुस्ताले आफ्नो शरिरको हिफाजत कसरी गर्ने भन्ने कुरालाई चलचित्रले प्रस्ट्याउन खोजेको नायिका रेखाको भनाई छ ।





डिजिटल फर्म्याटमा निर्माण गरिएको यस चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने निर्माता छविराज ओझा र दिजेन्द्र शाक्य रहेका छन् । चलचित्रमा महेश खड्काको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन र विष्णु कल्पितको छायाँकन रहेको छ ।

Followers

About Me