THIS SITE I S BELONG TO SAMANA BISTA

2066 KO HAPPY HOLI MA SUBKAMANA ENJOY WITH SEVEN COLOR

Burlington Vermont Time and

Nepali clock

khagendra bista

nepali

nepali
nepal

Sunday, February 28, 2010

अन्ततः ढल्यो सहिद स्तम्भ!


दोस्रो जनआन्दोलन ०६२। ६३ को उभारले स्व. राजा वीरेन्द्रको सालिक ढालेपछि लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको इलाम चोक बजारको सहिदस्तम्भ एकैछिनको आक्रोशले ध्वस्त बनेको छ।

भर्खरै भएको यो घटनाको कथा यस्तो छ, इलाम बजारको मध्यभागमा रहेको निकुञ्जपथमा फागुन ३ गते राति भीषण आगलागी भयो। १८ वटा घर पूर्ण रूपमा ध्वस्त भए, अन्य केही घरमा समेत आंशिक क्षति पुगेको छ। आगलागी भएपछि स्थानीयबासी तथा सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर आगोलाई चार घन्टापछि नियन्त्रणमा लिए, किनकि इलाम नगरपालिकाको बारुण यन्त्र सो समयमा इलाममा थिएन। मर्मतका लागि झापा लगिएको नगरपालिका बताउँदै आएको छ। बिहान मात्रै झापाको मेची नगर नगरपालिका र इटहरीको बारुण यन्त्र आइपुगे। त्यसपछि, स्थानीयवासीको आक्रोश नगरपालिका कार्यालयतर्फ खनिन थाल्यो। ‘विपतको अवस्थामा पनि बारुण यन्त्र उपलब्ध हुन सक्दैन भने जनताले तिरेको करको के अर्थ भयो?’ अग्निपीडितहरूको आक्रोश हो यो।





बारुण यन्त्र बिग्रिएपछि मर्मतका लागि नगरपालिकाले मङ्सिर २९ गते झापा लगेको थियो। आगलागी घटनामा नभएको बारुण यन्त्र घटनापछि इलाम ल्याइएको छ र छानबिन अघि बढाइएको छ। ९० हजारमा मर्मत गर्न सकिने भएपछि लगिएको बारुण यन्त्र इलाम ल्याउादा सागै एक लाख ७४ हजारबराबरको बिल ल्याइएको बारुण यन्त्रको अवस्था बुझ्न झापा गएका माओवादीका एक सदस्यले बताएका छन्। यता, बजारवासी भने कमिशनमा नमिलेपछि बनिसकेको बारुण यन्त्र पनि ल्याउन ढिलाइ भएको आरोप लगाउादै आएका छन्। तर, नगर अधिकृत युवराज दाहाल भने ०५७ सालमा चिनियाँ सरकारबाट प्राप्त बारुण यन्त्रको कन्डिसन ज्यादै बिग्रिइसकेकाले काम नदिने भएपछि मर्मतका लागि पठाएको बताउाछन्। घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘इलामका लागि अर्को दमकलको विकल्प छैन, यसका लागि स्थानीय दलका नेतालाई भनिसकेको छु।’



यिनै घटनाबाट आक्रोशित पीडित र स्थानीयवासीले नाराबाजीसहित ५ गते नगरपालिका कार्यालय तोडफोड गरेर त्यहाँ रहेको गाडीमा समेत क्षति पुर्या एका छन्। त्यसपछि चोक बजारमा रहेको सहिदस्तम्भ पूर्णरूपमा भत्काइदिए। स्तम्भ भएको ठाउँमा पानीको रिजर्भट्याङ्की हुनुपर्ने माग गर्दै उनीहरूले तोडफोड गरे। समयमै बारुण यन्त्र उपलब्ध नगराएको आक्रोशमा नगरपालिका तोडफोड गरिएको थियो भने सहिदस्तम्भ भत्काउनुको कारण भने अर्कै थियो। जब राजा वीरेन्द्रको सालिक जनआन्दोलनका समयमा तोडियो, त्यसपछि स्थानीय सात राजनीतिक दलले त्यहाा सहिदस्तम्भ निर्माण गर्ने पहल थाले। त्यसमा बजारवासीले विरोध गर्दै अन्डरग्राउण्ड पानीको रिजर्भ ट्याङ्की बनाइनुपर्ने माग गरे। तर, त्यसलाई बेवास्ता गर्दै सात दलको एक समितिले सहिदस्तम्भ निर्माण थाल्यो। ६ लाख २५ हजार ४५ रुपैयाा खर्च गरी बनाइएको स्तम्भ पूर्ण रूपमा सम्पन्न पनि भएको थिएन। यो तोडफोडले राजनीतिक दललाई झापड दिएको छ भने सहिदप्रतिको नै बेवास्ता गरिएको भन्दै निन्दासमेत भइरहेको छ। आगलागीपीडित पनि स्तम्भ तोडफोडले झनै चोट पुर्यातएको बताउादै आएका छन्। पीडित ईश्वर चिपालु भन्छन्, ‘केही साथीलाई यसो गर्नुहुन्न भन्दाभन्दै पनि उल्टै मैमाथि जाइलागे।’



सहिदस्तम्भ भत्काइएपछि राजनीतिक दलहरूले विज्ञप्तिबाजी गरेका छन्। नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण श्रेष्ठ यो घटना लोकतन्त्र नचाहने कुनै तत्वले गरेको भन्दै यसमा राजनीतिक घुसपैठ हुनसक्ने दाबी गर्छन्। एकीकृत माओवादीका नगर समिति सचिव जीवन शर्मा यसले सहिदप्रति आघात पुगेको भन्दै तोडफोडको अगुवाइ गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने बताउाछन्। त्यत्रो तोडफोड गरिँदा पनि प्रहरी–प्रशासन मूकदर्शक बनेको उनको तर्क छ। नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार थापा भने भीडलाई दलहरूले संयम बनाउन नसक्दा क्षति व्यहोर्नुपरेको स्वीकार्छन्। नेपाल पत्रकार महासङ्घका इलाम अध्यक्ष सटेन्द्र जबेगु भने स्थानीय दलका नेताहरू आक्रोशित भीडलाई नियन्त्रण गर्नपट्टि नलागेको बताउँछन्। नगर सञ्चालन गर्ने दलीय संयन्त्रको कमजोरीका कारण ठूलो क्षति भएको उनको भनाइ छ।


No comments:

Followers

About Me